इरानबाट इराक तथा अफ्गानिस्तानका सशस्त्र तत्वलाई हतियार प्रदान गरेको कुराको अस्वीकार

अमेरिकाद्बारा इस्लामिक रिभोलुसन गार्डस् कर्पोरेसनले इराक तथा अफ्गानिस्तानका शिया पन्थी सशस्त्र तत्वलाई हतियार प्रदान गरेको अभियोगलाई इरानको विदेश मन्त्रालयका प्रवक्ता रामिन मेहमान्पारास्टले अस्वीकार गर्नुभएको छ।

    उहाँले हिजो आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, मध्य पूर्वी क्षेत्रमा सर्वसाधारणले अमेरिकलाई सेना हटाउन आग्रह गरेकोले अमेरिकी सेना मध्य-पूर्वी क्षेत्रमा निरन्तर तैनाथ गर्नका लागि उक्त अभियोग लगाएको हो।

    साथै उहाँले विदेशी सेनालाई अफ्गानिस्तान तथा इराकबाट फिर्ता गएर क्षेत्रीय स्थीरता तथा सुरक्षामाथि भंग गर्ने गतिविधि रोक्न आह्वान गर्नुभएको छ।