– डिल्लीराम खतिवडा
उदयपुर – उदयपुरको ठानागाउँ गाविस, ५ मा बुधबार राति अज्ञात समूहले एकै
परिवारका चार जनाको हत्या गरेको छ । हतियार सहित आएको समूहले खेसबहादुर मगर, उनकी
पत्नी र दुई छोरीको हत्या गरेको स्थानीय दलबाहदुर ठकुरीले बताए ।
हत्याराले
खेसबहादुरका ९ वर्षीय छोरा नेत्रबहादुरलाई समेत आक्रमण गरी घाइते बनाएको छ । हत्या
गरिएका खेसबाहदुरकी पत्नी र दुई छोरीको नाम नखुलेको दलबहादुरले बताए ।
नेत्रबाहदुरको शरिरमा धारीलो हतियारले जताततै काटिएको अवस्थामा छाडिएको स्थानीयले
बताएका छन् । उनको अवस्था गम्भीर छ ।
४ छोरी, दुई छोरा र पत्नी सहित ८ जनाको परिवार रहेका खेसबाहदुरकी दुई छोरी र एक
नाबालक छोरा भने शकुसल रहेको दलबहादुरले बताए । एउटी छोरी जिल्लाको कटारी बजारमा
ज्याला मजदुरी गरेर उतै बस्ने गरेको र अर्की छोरी गाउँ तिर गएकाले बच्न सफल भएकी
हुन् । खेसबाहदुरका कान्छा छोरा ११ महिनाकोमात्रै भएकोले उनलाई हत्यारले केही
नगरेको स्थानीयले टेलिफोनबाट इ



