काठमाडौं – नेकपा एमाले नेता केपी शर्मा ओलीले पार्टी अध्यक्ष झलनाथ खनालले
नेतृत्व गरेको सरकार एमालेको नभएको बताएका छन् ।
माओवादीद्वारा ओखलढुंगामा हत्या गरिएका एमाले नेता छविलाल कार्कीको पहिलो स्मृति
सभालाई शुक्रबार राजधानीमा सम्वोधन गर्दै ओलीले एमालेको निर्णय नमान्ने सरकार आफ्नो
दलको हुन नसक्ने टिप्पणी गरे ।
‘कानुनीरुपमा त यो सरकार एमालेकै होला,’ उनले भने, ‘तर राजनीतिक र बैचारिक
हिसावले भने एमालेको सरकार हो भनेर सोच्नु गलत हुन्छ, पार्टीको निर्णय मान्दैन,
नगर्नु भनेको काम गर्छ, पार्टी सिद्धान्तको बर्खिलाप गर्छ भने कसरी एमालेको सरकार
भन्नु ?’
ओलीले सत्ताका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खनालले एमालेको नीति र
सिद्धान्त बेचेको आरोप लगाए । आफ्नै गाउँ आफैं बनाऊँ हटाएको, माओवादीले मात्र
प्रयोग गर्ने ‘जनयुद्ध’ शब्द नीति तथा कार्यक्रममा राखेको भन्दै उनलेले सरकारको
आलोचना गरे ।
विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणमा ‘श्रीलंकामा रहेको’ आफूलाई
मुछेको भन्दै ओलीले गुनासो व्यक्त गरे ।



