काठमाडौं – मधेसी जनअधिकार फोरम, (लोकतान्त्रिक)ले पार्टी हित विपरीतका
गतिविधिमा संलग्न रहेको अभियोग लगाउँदै तीन सभासदसँग स्पष्टीकरण मागेको छ ।
फोरमको शुक्रवार वसेको केन्द्रीय समितिको बैठकले सभासदहरु सन्जयकुमार साह, करिमा
बेगम र रमानन्द मण्डलसँग अनुशासनसम्बन्धी कारवाही किन न गर्ने भनी स्पष्टीकरण माग
गरेको छ ।
साहलाइ भने ६-७ महिनादेखि पार्टी हित विपरित गतिविधिमा लागेको जनाउँदै फोरमले
उनलाई पार्टीको साधारण सदस्य र संविधानसभाको सदस्य पदसमेतबाट हटाउने गरी हदैसम्मको
कारवाही गर्न अनुशासन समितिले सिफारिस गरेको उल्लेख गर्दै तीनदिनभित्र बुझाउन भनेको
छ ।



