-मनोज बस्नेत
काभ्रे – नेकपा एमालेको आसन्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा
प्र्रस्तुत गरिने एजेण्डा तयार गर्नको लागि धुलिखेलमा राष्ट्रिय भेला हुने भएको छ ।
एमाले संगठन बिभागको आयोजना, जिल्ला कमिटि काभ्रेको समन्वयमा यही साउन ७ र ८ गते
धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा राष्ट्रिय भेला हुन लागेको हो । भेलामा पार्टी
अध्यक्ष झलनाथ खनाल, पार्टीका सबै बरिष्ठ नेता सहित केन्दि्रय पदाधिकारीहरु, २० वटा
केन्द्रीय विभागका प्रमुखहरु, २० वटा केन्द्रीय फाँटका ईञ्र्चाजहरु, १६ वटा अञ्चल
कमिटिका संयोजक तथा सचिवहरु र ७५ वटा भौगोलिक जिल्ला कमिटी तथा विभिन्न पेशागत तथा
विशेष १८ जिल्ला कमिटि गरि ९३ जिल्ला अध्यक्षहरु समेत करिब २ सय जनाको सहभागीता
रहने एमालेका केन्द्रीय सदस्य भानुभक्त ढकालले शनिवार आयोजित पत्रकार सम्मेलनमा
जानकारी दिए । ‘आसन्न राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा पेश हुने एजेण्डा तयार
गर्नु नै भेलाको मुख्य काम हो ।
भेलामा एमालेको महाधिवेशन पुरा भएको अढाई वर्षका
बिचमा उठेका राजनैतिक मुद्धा, पार्टीको आन्तरिक जिवन, आगामी दिनमा एमालेको भूमिका र
रणनिती लगायतका विषयमा पनि भेला केन्द्रीत रहने छ’ उनले भने ‘पार्टी व्यक्तिपरक नभई
विधि अनुसार संचालन गर्नु पर्ने कुरा माथि पनि छलफल हुन्छ । पार्टी सरकारमा गएको छ
। विगतमा पनि हाम्रै नेतृत्वमा सरकार बनेको थियो । र अहिले पनि त्यो छ । त्यस
कारणले गर्दा विगतको सरकारको समिक्षा र अहिलेको सरकारको समिक्षा पनि हुनेछ ।’
भेलालाई व्यवस्थित बनाउनको लागि जिल्ला कमिटि अध्यक्ष गोकुल बाँस्कोटाको
संयोजकत्वमा १ सय ८५ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन गरिएको छ । ‘भेलाको आवश्यक
तयारमा हामी जुटिरहेका छौ’ बाँस्कोटाले भने ‘अबको केही दिन भित्र सबै तयारी पुरा
हुनेछ ।’ भेलामा आउने पाहुनाको स्वार्गाथ एमाले कार्यकर्ता सहित शुभचिन्तकलाई ठुलो
संख्या उर्ताने तयारी समेत एमालेले गरेको छ । एमाले प्रतिनिधि परिषद्को बैठक यही
भदौ ३० देखि असोज १ गते हुँदैछ । स्मरणरहोस् नेपाली काँग्रेस केन्दि्रय समितिले पनि
जेठ २८ र २९ गते जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाका यही गरेको थियो ।



