गोरखा। एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको विकासका लागि यसको ऐतिहासिक पक्षलाई उजागर गर्नुपर्ने बताएका छन ।
गोरखा नगर सुधार संस्थाको आज यहाँ उद्घाटन गर्दै उहाँले गोरखाको विकासका लागि आवधिक योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष भट्टराइले नेपालबाट राजतन्त्रको अन्त्य भएपनि गोरखा राज्य निर्माण गर्ने राजा द्रव्य शाह र नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको इतिहासलाई उजागर गरिरहनुपर्ने बताए ।
उहाँले जिल्लाको पर्यटन, कृषि, औद्योगिक विकासमा टेवा पुग्ने गतिविधिहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए । कार्यक्रम संस्थाका अध्यक्ष मोहननारायण श्रेष्ठको सभापतित्वमा भएको थियो ।



