काठमाडौं – भौतिक योजना तथा निर्माण मन्त्री एवम् माओवादी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले माओवादीको जारी स्थायी कमिटी र आगामी केन्द्रीय कमिटीको बैठकले उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई सर्वसम्मतरुपमा प्रधान मन्त्रीमा सिफारिस गर्ने दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा मन्त्री रायमाझीले अध्यक्ष दाहालले नै भट्टराईको नाम प्रधान मन्त्रीका रुपमा प्रस्ताव गर्ने दाबी गर्दै त्यसमा कसैको पनि विरोध नरहेको स्पष्ट पारे। उनले भने



