ठूला दलका प्रमुख नेताहरुबीच तत्कालका लागि वर्तमान सरकारको विकल्प नखोज्ने सहमति भएको खुलासा

-रोशन शिल्पकार

भक्तपुर  –  ठूला दलका प्रमुख नेताहरुबीच बाहिर जस्तो धारणा राखे पनि तत्कालका लागि वर्तमान सरकारको विकल्प नखोज्ने सहमति भएको वनमन्त्री भानुभक्त जोशीले खुलासा गरेका छन्।

भक्तपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल इन्जीनियर कलेज कमिटीले मनमोहन जयन्तिको उपलक्ष्यमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बौल्दै मन्त्री जोशीले यस्तो खुलासा गरेका हुन्।

“बाहिर नेताहरुले जे बोले पनि भित्री रुपमा सुशील काइराला र पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनालबीच तत्काल सरकार परिर्वतन भन्दा पनि भदौ १४ गतेभित्र संविधानको मस्यौदा र शान्ति प्रकृयाको थालनी गर्नुपर्नेमा सहमति भएको छ,” उनले बताए।

अहिले पनि थपिएको समय भदौ १४ गते पनि जनतालाइ संविधानको मस्यौदा दिन नसके जनतामा नेताप्रति विश्वास नरहने भन्दै शीर्ष नेताहरु सरकार विघटन र निर्माण भन्दा पनि संविधान र शान्ति प्रकृयालाइ ठोस मोड दिनमा लागि परेको उनले बताए।