नेपालगन्ज – बांकेको कोहलपुर चपरगौडी नजिकै दाईले चलाएको टयाक्टरले
ठक्कर दिंदा भाईको घटना स्थालमै मृत्यु भएको छ ।
आइतबार दिउँसो कोहलपुरबाट खड्बार तिर गइरहेको भे १ त १६२५ नम्बरको टयाक्टरले
ठक्कर दिंदा कोहलपुरका ३५ बर्षीय गगन पुरीको मृत्यु भएको हो । उक्त टयाक्टर गगनका
दाजु डिल्लीराम पुरीले चलाएका थिए ।
कोहलपुर इलाका प्रहरी कार्यालयले भाईको मृत्यु पछि दाजुलाई नियन्त्रणमा लिएको
छ । गिटी ढुवानी गरी मजुदुरीका लागि दाजुभाई एउटै टयाक्टरमा काम गर्दै आएका थिए ।
कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिचित्र शाहले टयाक्टरको
ट्रालिले झड्का दिंदा भाईको मृत्यु भएको बताएका छन् ।



