– घनश्याम खड्का
काठमाडौ – सुडान घोटला सम्बन्धी मुद्दामा आइतवार पहिलो
पटक सुनुवाई गर्दै एक आरोपीलाई ३५ लाख धरौटी बुझाउन र त्यो नबुझाएमा थुनामा राख्न
बिशेष अदालतले आदेश दिएको छ ।
सुडान घोटलामा ३४ जना आरोपी प्रहरी अधिकृत मध्येका डिएसपी दिनेश केसीलाई विशेष
अदालतले धरौटी बुझाउन वा नबुझाएमा थुनामा राख्न आदेश दिएको हो । बिशेष अदालतका
प्रमुख न्यायधीस गौरीबहादुर कार्की तथा न्यायाधीशहरु केदारप्रसाद चालिसे र ओमप्रकाश
मिश्रले उक्त आदेश दिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्रिकी मुलुक सडानमा खटिएका प्रहरीको लागि
एपीसी लगायत गरी ४४ करोड रुपैयाँको सामाग्री खरिदमा करिव २९ करोड भ्रष्टाचार भएको
भन्दै प्रहरीका ३४ जना पूर्व र बहालवाला अधिकृत तथा दुई ठेकदार विरुद्ध मुद्दा दायर
गरेको थियो ।
उक्त मुद्दाको पहिलो सुनुवाई गर्दै बिशेष अदालतले उक्त धरौटी रकम मागेको हो ।
सुनुवाईका क्रममा अभियोग लागेका पूर्व प्रहरी अधिकृतहरुको ठूलै सख्या अदालतमा
उपस्थित थिए । अदालतले ठूलो रकम धरौटी माग गरेपछि उनीहरुको अनुहार निन्याउरौ
देखिएको थियो ।



