अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु

चौतारा – अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा एक युवाको
मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार कुन्चोक गाविस-४ निवासी २० वर्षीय
जीतबहादुर भारतीको सुतिरहेको अवस्थामा चटयाङ् लागेर सोमबार राति १२.३० बजे मृत्यु
भएको हो ।

मृतकको हजुरआमा अहिलेसम्म बेहोस अवस्थामा रहेको स्थानीय जीतबहादुर बानियाँले
बताएका छन् ।

रासस