लामो प्रतिक्षापछि बोलाईएको माओवादी केन्द्रीय समितिको बैठक फेरि स्थगित

काठमाडौ  – एकीकृत नेकपा माओवादी केन्द्रीय
समितिको बैठक फेरि स्थगित भएको छ । लामो प्रतिक्षापछि बुधबारका लागि बोलाईएको बैठक नेताहरुबीच कुरा नमिलेकोले बैठक स्थगित गरिएको
बताइएको छ । केन्द्रीय समिति अगाडि बस्ने भनिएको स्थायी समितिको बैठक पनि स्थगित
गरिएको छ ।

माओवादी प्रवक्ता दीनानाथ शर्माले आन्तरिक गृह कार्य नपुगेकोले बैठक स्थगित
गरिएको बताए । अध्यक्षको सम्बोधनपछि फेरि बस्ने गरी स्थगित गरिएको असार १० गते
बोलाइएको केन्द्रीय समितिको बैठक बस्न सेकेको छैन । पार्टी भित्रको चरम विवादका
कारण उक्त बैठकले निरन्तरता पाउन सकेको छैन । पार्टी भित्र कार्य विभाजनका विषयमा
शीर्षसथ नेताहरुबीच कुरा मिल्न सकेको छैन ।