गोविन्द परियार
काठमाडौं – पाँच दल सम्मिलित मधेसी मोर्चाको संयुक्त संसदीय दलको बैठकले भोलि व्यवस्थापिका संसदमा अर्थ मन्त्री भरतमोहन अधिकारीलाई कुनै पनि हालतमा बजेट प्रस्तुत गर्न नदिने निर्णय गरेको छ। ७१ सभासद् रहेको संयुक्त मोर्चाको भर्खरै सम्पन्न संयुक्त संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले भोलि पेश गर्ने भनिएको बजेटमा मधेशी मोर्चाले पेश गरेको मागपत्रलाई समावेश नगरिएकाले बजेट आउन नदिने निर्णय मधेशवादी दलहरुले गरेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।
गत वर्ष अर्थ मन्त्री सुरेन्द्र पाण्डेले बजेट भाषण गर्न खोज्दा माओवादी सभासद्ले कुटपिट तथा बजेट भाषणको बाकस नै तोडफोड गरेका थिए। यो वर्ष मधेशी दलहरुले बजेटमा विरोध जनाएपछि भोलि हुने बजेट भाषण सहज नहुने सम्भावना बढेको छ।



