सुडान घोटालाका आरोपी पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विष्टलाई एक करोड रुपैयाँ धरौटी बुझाउन नसकेपछि जेल चलान

काठमाडौं – सुडान घोटालाका आरोपी पूर्व प्रहरी अतिरिक्त
महानिरीक्षक (एआईजी) दिपेन्द्रबहादुर विष्टलाई विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरु केदारप्रसाद चालिसे र
ओमप्रकाश मिश्रले विष्टसित एक करोड धरौटी मागेका थिए ।

मागे बमोजिम धरौटी बुझाउन नसकेपछि विष्टलाई जेल चलान गरिएको छ । सुडान घोटामा
भएको यो दोस्रो सुनुवाई हो ।

यसअघि सुडान घोटाला प्रकरणका पहिलो सुनुवाईमा विशेष अदालतले प्रहरी नायव
उपरीक्षक (डिएसपी) दिनेश केसीसँग ३५ लाख धरौटी मागेको थियो । उनले मंगलबार धरौटी
बुझाएर रिहा भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फ्रिकी मुलुक सुडानमा खटिएका प्रहरीको लागि
एपीसी लगायत गरी ४४ करोड रुपैयाँको सामाग्री खरिदमा करिव २९ करोड भ्रष्टाचार भएको
भन्दै प्रहरीका ३४ जना पूर्व र बहालवाला अधिकृत तथा दुई ठेकदारविरुद्ध मुद्दा दायर
गरेको थियो ।