काठमाडौ – आगामी आर्थिक वर्षका लागि सरकारले
ल्याउन लागेको बजेटलाई राष्ट्रिय योजना आयोगले अनुमोदन गरेको छ । प्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा
बसेको आयोगको बैठकले ३ खर्व ८४ अर्वको बजेट कार्यक्रममलाई अनुमोदन गरेको छ ।
बजेट सार्वजनिक हुनुपूर्व आयोगले अनुमोदन गर्नुपर्ने व्यवस्था रहेको छ । आयोगका
उपाध्यक्ष डा.दिनेशचन्द्र देवकोटाले बजेटमा ठूला योजनालाई प्राथमिकता दिइएको बताए ।
उनले द्वन्द्व प्रभावित क्षेत्र र विपन्न वर्गका लागि बजेटमा विशेष कार्यक्रम
राखिएको छ । बैठकले तीन वर्षीय योजनालाई पनि स्विकृत गरेको छ ।
बैठकमा उप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी,अर्का उपप्रधान एंव गृहमन्त्री
कृष्णबहादुर महरा, मुख्य सचिव माधव घिमिरे, अर्थ सचिव कृष्णहरि वास्कोटा लगायतका
अधिकारीहरुको उपस्थिति रहेको थियो ।



