चट्याङ्गमा परेर बाँके, बर्दिया दाङमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते

नेपालगञ्ज । चट्याङ्गमा परेर बाँके, बर्दिया दाङमा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । हिजो साँझ बाँकेको विकट क्षेत्र राप्तिपारीको बैजापुर ६ सिसुवाका १३ वर्षका नरेश चौधरीको घरनजिकै चट्याङ्ग परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैबीच चट्याङ्ग लागेर बर्दियामा एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । राजापुर १ घुम्नाकी २० वर्षीया मनिषा थारुको चट्याङ्गमा परेर मृत्यु भएको बर्दियाका प्रहरी निरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।

त्यसैगरी दाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

दाङ देउखुरीको सतबरीया गाविस ५का ४५ वर्षिय डिल्लीराम चौधरीको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको छ भने चौधरीसँगै काम गरिरहेका १५ वर्षिय शिवराम चौधरी चट्याङ लागेर गम्भीर घाइते हुनुएकोे इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।