बिशेष अदालतद्वारा सुडान घोटलाका आरोपीहरु मध्येका पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङसँग ५ करोड रुपैयाँ धरौटी माग

काठमाडौ  – बिशेष अदालतले सुडान घोटलाका आरोपीहरु मध्येका पूर्व प्रहरी महानिरीक्षक
हेमबहादुर गुरुङसँग ५ करोड रुपैयाँ धरौटी माग गरेको छ । साथै धरौटी
बुझाउन नसके न्यायीक हिरासतमा राख्नसमेत आदेश दिएको छ ।

सुडान घोटला काण्डमा धरौटी मागिएका उनी तेस्रा ब्यक्ति हुन् । यसअघि डीएसपी दिनेश केसीलाई
३५ लाख र पूर्व एआईजी दीपेन्द्रबहादुर बिष्टलाई १ करोड धरौटी तिर्न आदेश दिएको थियो
। केसी र बिष्टले धरौटी दिइसकेका छन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायधीशद्वय
ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले बिहीबार दिनभरको सुनुवाई पछि ५ करौड
रुपैयाँ धरौटी माग गरेका हुन् ।

गुरुङलाई प्रहरी महानिरक्षक रहेको बेला उक्त सामान खरिदको भुक्तानी दिएको अभियोग
लागेको छ ।

सुडान घोटालाका आरोपीमध्ये ३१ प्रहरी अधिकृत, लन्डन निवासी ठेकेदार माइकल रिडर र
बिचौलिया शम्भु भारतीको पुर्पक्ष हुन अझै बाँकी छ ।