काठमाडौं – माओवादी गतिविधिले मुख्य
राजनीतिक दलहरुबीच सहमति हुन नसकेको एमाले नेता केपी शर्मा ओलीले बताएका छन् ।
माओवादीले आन्तरिक झगडा देखाउँदै शान्ति प्रक्रियाबाट भाग्न खोजेको उनको आरोप छ
। एमाले काठमाडौँ १६ वडा शाखा कमिटीले एसएलसी परीक्षामा उत्तीर्णको सम्मानका लागि
शनिबार आयोजना गरेको कार्यक्रममा नेता ओलीले शान्ति र संविधानको सुनिश्चितताका लागि
सम्पूर्ण दलहरू गम्भीर हुनुपर्ने बताए ।
ओलीले असल शिक्षाले असल नागरिक तयार गर्ने र त्यस्ता नागरिकले समाजको हरेक
क्षेत्रमा योगदान पुर्याउनसक्ने विश्वास व्यक्त गरे ।
एमाले उपत्यका समन्वय कमिटीका ईन्चार्ज राजेन्द्र श्रेष्ठले दलहरूका बीचमा रहेका
राजनीतिक मतभेदलाई आपसी छलफल गरी राष्ट्रिय सहमति निर्माण गर्नु अहिलेको आवश्यकता
भएको बताए ।
कार्यक्रममा एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३९८ जना विद्यार्थीलाई
सम्मान गरिएको थियो ।



