आजदेखि राजधानी बाहिरका ३८ जिल्लाबाट मेसिल रिडेवल पासपोर्ट एमआरपी वितरण सुरु

काठमाडौ । आजदेखि सरकारले राजधानी बाहिरका ३८ जिल्ला प्रशासन कार्यालयबाट मेसिल रिडेवल पासपोर्ट एमआरपी वितरण सुरु गरेको छ ।

आजदेखि ३८ जिल्लामा राहदानी बुझ्ने र वितरण गर्ने काम थाल्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जिल्लाबाटै राहदानी वितरणका लागि आवश्यक फारामहरु सम्बन्धित जिल्लामा पठाई सकिएको गृहतमन्त्रालयले जनाएको छ ।

सरकारले भदौ महिनामा थप २० र असोजसम्ममा ७५ वटै जिल्ला प्रशासन कार्यालयबाट राहदानी वितरण गर्ने तयारी गरिरहेको छ । राहदानी वितरण हुने जिल्लाहरुमा मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, संखुवासभा, बारा, पर्सा, र रौतहट तथा कास्की मनाङ, मुस्ताङ बागलुङ, पर्वत र म्याग्दी छन् ।

यसैगरी अरु जिल्लाहरुमा लमजुङ, बर्दिया, तनहुँ, बाँके, स्याङजा, गोरखाङ, कैलाली, अछाम, डडेल्धुरा, कन्चनपुर, डोटी, दैलेख, सुर्खेत दार्चुला, हुम्ला, बैतडी छन् । जिल्ला प्रशासन कार्यालयहरुले आजैदेखि राहदानीका लागि फर्म वितरण र बुझ्ने काम पनि गर्ने भएका छन् । राजधानीबाट मात्रै राहदानी वितरणको काम हुँदै आएकोमा सेवाग्राहीलाई परेको असुविधालाई ध्यान दिँदै बाहिरबाट पनि राहदानी वितरणको व्यवस्था गरिएको गृहमन्त्रालयले जनाएको छ ।