दोस्रो मिस पूर्वाञ्चल २०११ को उपाधि धरानकी १८ बर्षीया प्रतिभा श्रेष्ठलाई

– रोहित राई

धरान  –  धरानकी १८ बर्षीया प्रतिभा श्रेष्ठले दोस्रो मिस पूर्वाञ्चल २०११ को उपाधि जितेकी छिन्। स्थानीय सभागृहमा शनिबार राति सम्पन्न प्रतियोगिताको फाइनल चरणमा ५ प्रतियोगीमध्ये आफुलाई अब्बल सावित गर्दै उनले दोस्रो मिस पूर्वाञ्चलको उपाधि जित्‍न सफल भइन्।

श्रेष्ठले मिस पूर्वाञ्चलको ताजसहित महिन्द्रा स्कुटी र विभिन्न उपहारहरु प्राप्त गरिन् भने सिम क्याट वकको उपाधिसमेत पाइन्। प्रतियोगिताका मुख्य निर्णायक हिडेन टेर्जरका अध्यक्ष गोपाल कक्षपतीले फाइनल चरणका अन्तिम पाँच(टप ५) प्रतिस्पर्धीहरुलाई सोधेको निर्णायक प्रश्नको सटिक जवाफ दिँदै उनले आफ्नो सपना साकार परेकी हुन्। गत बर्षकी प्रथम मिस पूर्वाञ्चल सविना लिम्बुले ताज पहिराइदिएकी थिइन्।

मुख्य निर्णायक कक्षपतिले