नेपाली समाज दुबइ क्षेत्रीय समितीको महाधीवेशन आउदो शुक्रबार हुने

– उमाकान्त पाण्डे गाउंले


यूएईमा रहेका नेपालीहरुको माउ सस्था नेपाली समाज दुबइ क्षेत्रिय समितीको महाधिवेशन आउदो शुक्रबार हुने भएको छ। केन्द्रिय कार्य समितीको निर्वाचन पछी नयाँ गठित समितिको मातहतमा सो महाधिवेशन हुन लागेको हो।


समाजले एक सुचना प्रकाशित गर्दै आगामी २२ जुलाई शुक्रबारको दिन डेरा दुबई स्थित सेराटन टावर को पछाडि हमारिया बिल्लामा दिउस २ बजे देखी महाधिवेशन को बन्द सत्र सुरु गर्ने जनाएको छ।


नेपाली समाज सँग आबद्द तथा अन्य जुनसुकै संघसस्था बाट प्रतिनिधि जनाउने वा समाजलाई माया गर्ने जो सुकैले उम्मेदवारी दिन सक्ने सुचनामा उल्लेख छ।यहाँ अस्तित्वमा रहेका संघसस्था तथा बैधानिक रुपमा कारयर्त नेपालीले सो कार्यक्रममा सहजरुपमा उपस्थिती जनाउन सक्ने प्रकाशित सुचनामा जनाइएको छ।


साथै सुचनामा उल्लेख भए अनुसार आगामी शुक्रबार दुबइमा र जुलाईको अन्तिम शुक्रबार सारजाह समितीको महाधिवेशन गर्दै अगस्टको पहिलो हप्ता अजमान छेत्रीय महाधिवेशन गर्ने भनिएको छ। थप आबाश्यक जानकारीका लागी नेपाली समाजका केन्द्रिय अध्यक्ष कृष्ण ढकाल ०५५९७४५८३५, र केन्द्रिय उपाध्यक्ष सालीक सुवेदी ०५०३९८००६४ एवम केन्द्रिय सह-कोषाध्यक्ष ०५५४१०२६४२ लाई संपर्क गर्न भनिएको छ।


समाजको केन्द्रिय समितिको गत जनवरी २८ मा सम्पन्न निर्वाचन पछी बनेको नयाँ कार्यसमितीको मातहतमा यस् अघीनै आबुधाबी क्षेत्रीय समितिको अधिवेशन नयाँ कार्य समिती गठन गर्दै सम्पन्न भएको थियो।