काठमाडौं – मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी बलको कामु महानिरीक्षकमा एआईजी
किशोर लामालाई नियुक्त गरेको छ ।
आइतबार बसेको बैठकले बरिष्ठताक्रममा अगाडि रहेका लामालाई दुई
साताका लागि कामु महानिरीक्षक बनाउने निर्णय गरेको ऊर्जा मन्त्री गोकर्ण विष्टले
जानकारी दिए ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक सनतकुमार बस्नेतले ३० वर्षे सेवा अवधिका कारण
असार ३१ गते नै अवकाश पाएपछि लामालाई कामुमा बढुवा गरिएको हो ।
सेवा अवधिकै कारण लामाले पनि साउन १४ गते नै अनिवार्य अवकास पाउँदैछन् ।



