काठमाडौ – सद्भावना पार्टी
पनि विभाजित भएको छ । मधेसी दलको विभाजन हुने लहर चलिरहेकै बेला अध्यक्ष राजेन्द्र महतोसँग असन्तुष्ट रहँदै आएका अनिलकुमार
झाले चार सभासद्सहित सोमबार संघीय सद्भावना पार्टी गठन गरेका छन् ।
झासँगै खोभारी राय, महेश यादव र मलवतीदेवी रानाथारु नयाँ पार्टीमा गएका छन् । यो
सँगै संविधानसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ३१ पुगेको छ ।
नयाँ पार्टीबारे संसद् सचिवालयमा जानकारी गराई सकिएको र सोमबारै निर्वाचन आयोगमा
दर्ता गर्ने पार्टी अध्यक्ष झाले जानकारी गराए । पार्टी हित विपरीत काम गरेको
भन्दै सद्भावना पार्टी अध्यक्ष महतोले झालाई केही दिन अघि निलम्बन गरिसके पनि
संसद्ले त्यसलाई अनुमोदन गरिसकेको थिएन ।



