काठमाडौं – सुडान प्रकरणका आरोपित प्रहरी
वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खड्का धरौटी बुझाएर सोमबार रिहा भएका छन् ।
विशेष अदालतले मागेको ७० लाख रुपैयाँ धरौटी बुझाएर खड्का तारेखमा थुनामुक्त भएका
हुन् ।
विशेष अदालतले आइतबार खड्कासँग ७० लाख धरौटी माग गरेको थियो । सिद्धार्थ बैंक
जमानी बसेपछि खड्का मुक्त भएका विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी
दिए ।
धरौटी रकम बुझाउन नसकेपछि अदालतको आदेशमा आइतबार उनलाई कारागार चलान गरिएको थियो
।
यसैबीच विशेष अदालतले बुझाउन भनेको पाँच करोड धरौटी तिर्न नसकेपछि पूर्वप्रहरी
प्रमुख हेमबहादुर गुरुङले कारागारमै छन् ।
बिहीबार विशेषले पाँच करोड धरौटी माग गरेपछि उनी केहीबेर काँपेका थिए ।



