
– सुनिल संगम
तिमी रुन्छौ किन पागल हुन्छौ किन

माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन
न त माया गरें न त माया साँचें

न त बाचा गरें न त बाचा भाँचें
दोष दिन्छौ किन दु:खी बन्छौ किन

माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन
न त बिर्सी हाँसें न त सम्झी रोएँ

रुप राम्रो भन्दै न त कतै छोएँ
खोट दिन्छौ किन खोटी बन्छौ किन
माया मार्यौ निष्ठुरी मलाइ भन्छौ किन




