काठमाडौ । तलब बृद्धिको विरोधमा आन्दोलन गरिरहेका विभिन्न कर्मचारी संगठनहरुले सिहदरवार सहित देशभरिका सरकारी र संस्थान कार्यालयहरु ठप्प पार्ने गरी आन्दोलनको घोषणा गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनले सोमबार राजधानीमा नेपाल संयूक्त पत्रकार सम्मेलन आयोजना गरेर भोली मंगलबारदेखि जिल्ला देखि प्रमुख प्रशासनीक केन्द्र सिहदरवारमा पूर्ण रुपले कामकाज ढप्प पार्ने घोषणा गरेका हुन ।
उनीहरुले आफूहरुको माग प्रति बेवास्ता गर्दै सरकारले समस्या समाधानकोलागी बार्तामा समेत नबोलाएको आरोप लगाउँदै बाध्यतावस आन्दोलनको घोषणा गर्नु परेको दावी गरेका छन् ।
ती संगठनहरुले महंगी भत्तालाई तलबमा समायोजन गरी एक मुष्ट पाँच हजार तलब बढाउनु पर्ने, महंगी भत्ता स्वरुप तीन हजार थप र एक दिनको तलब बराबर १ ग्रेड कायम हुनु पर्ने माग गरेका छन् । त्यसैगरी दुर्गम क्षेत्रका कर्मचारीलाई सतप्रतिसत दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने, आवास र घरभाडाको ब्यवस्था, निशुल्क औषधी उपचार, दशलाख वरावरको जिवन विमा, सन्ततीको शिक्षाकोलागी मासिक रकम, सबै तहका कर्मचारीलाई पोशाकको ब्यवस्था, महंगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रण, अस्थायी करार तथा ज्यालादारी कर्मचारुकिो रोजगारीको ग्यारेन्टी गर्नु पर्ने लगायतका माग अगाडि सारेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल करार तथा ज्यालादारी कर्मचारी हक हित केन्द्रले आन्दोलनप्रति एक्यबद्धता जनाएका थिए । केन्द्रका उपाध्यक्ष हरिप्रसाद अधिकारीले तलबबृद्धिले तल्लो तहका कर्मचारीहरु अझै पिडामा परेको र अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुमाथि विभेद गरेको भन्दै आन्दोलनमा सहभागी हुनु परेको बताए ।
सरकारी तथा संस्थान सवारी चालक एसोसिएसनका अध्यक्ष शरण कुमार गुरुङले सरकारले ४७ प्रतिसत तलब बढाए भनेर ढाटेको भन्दै सरकारको ढाट प्रवृत्ति विरुद्ध आन्दोलनमा उत्रिनु परेको बताए। उनले आफूहरुको आन्दोलन निर्णयक भएको भन्दै आफूहरुलाई बेवस्ता गरेर सरकार अप्ठ्यारोमा पर्ने चेतावनी दिए ।
मिलन केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले आफूहरुको आन्दोलन रहर नभएर बाध्यता भएको भन्दै तलबबृद्धिबाट तल्लो तहका कर्मचारी मार्कामा परेको दावी गरे । उनले आफूहरुसँग सल्लाहनै नगरी सरकारले एकतर्फी रुपमा तलब बढाएको भन्दै भत्ता कटौति गरेको प्रति आक्रोस ब्यक्त गरे ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष यमनाथ पोख्रेलले ढाट रुपमा ४७ प्रतिसत तलब बढेको बताएपछि महंगी अकासिएको दावी गर्दै तल्लो तहका कर्मचारी झनै पिडीत बनेको बताए ।



