काठमाडौ – विभेद्कारी ढंगले सरकारले तलब वृद्धि गरेको भन्दै तीन
दिनदेखि सिंहदरवार भित्र धर्ना तथा प्रदर्शन गर्दै आएको निजामती कर्मचारीमाथि
मंगलबार प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले अर्थमन्त्राय परिसरबाट १ सय ७० जना
कर्मचारीलाई पक्राउ गरेको छ ।
गतवर्षदेखि प्रदान गर्दै आएको मँगही भत्तालाई तलबमा गाभेको,तलबृद्धि सामान ढंगले
नगरेको,तल्लो श्रेणीका कर्मचारीसंग अन्याय गरेको भन्दै कर्मचारी संगठनहरु
सिंहदरवारभित्र प्रदर्शन तथा धर्ना दिंदै अएका छन् । राष्ट्रिय कर्मचारी
संगठन,राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र र सरकारी तथा संस्थान सवारी चालक
एसोसिएसनले बिरोध कार्यक्रम गर्दै आएको छ ।
प्रहरी परिसर काठमाडौंका एसपी केदार रिजालले निषेधित क्षेत्र भित्र प्रदर्शन तथा
धर्ना गरिएकोले कर्मचारीहरुलाई नियन्त्रणमा लिइएको बताए । उनले १ सय ७० जना
कर्मचारी प्रहरी नियन्त्रणमा रहेको जनाए । पक्राउ परेका कर्मचारीहरुलाई नेपाल पुलिस
क्लव र सिंहदरवार प्रभागमा राखिएको छ ।



