काठमाडौ। विभिन्न दस दल समर्थित ट्रेड युनियनले नेपाल सरकारबाट राजपत्रमा प्रकाशित न्यूनतम पारिश्रमिक तथा भत्ता दिनका लागि दबाब दिने उद्देश्यले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा राजपत्रका प्रकाशित तलब श्रमिकलाई उपलब्ध नगराउन विभिन्न उद्योग प्रतिष्ठानमा गरिएको सूचना श्रमिकको विपक्षमा भएकाले सो सूचनाको विरोधस्वरूप सो आन्दोलन हुन लागेको हो ।
आज यहाँ पत्रकारसम्मेलन गर्दै उनीहरूले सो सूचना सम्पूर्ण मजदुरको हकहित र नेपाल सरकारको कानुनप्रदत्त अधिकारमाथि प्रहार गरेकाले श्रमिकको विपक्षमा भएको भन्दै चरणबद्ध आन्दोलन गर्ने बताएको हो ।
अखिल नेपाल क्रान्तिकारी टे



