सल्यान। सल्यानमा सर्पको डसाइबाट दुई बालकको मृत्यु भएको छ । बडागाउँ गाविस वडा नं ४ का मोवीर कामीका एक वर्षीय छोराको सोमबार साँझ विषालु सर्पले टोकेपछि मृत्यु भएको हो ।
यसैगरी, भल्चौर गाविस १ रतिकोला घर भएका कुलबहादुर विकका एक वर्षीय छोराको पनि सोही स्थानमा फुपूको घरमा आएको समयमा सर्पले टोकेपछि मृत्यु भएको छ ।
सर्पले टोकेपछि दुवैको घरेलु उपचार गर्दागर्दै उनीहरुको मृत्यु भएको थियो ।



