पक्राउ गरेको बिरोधमा तौलिहवा बन्द, जनजीबन प्रभाबित

कपिलवस्तु  – कपिलवस्तुको सदरमुकाम तौलिहवा बन्दका कारण यहाँको जनजीबन प्रभाबित
बनेको छ । तौलिहबाका पसल, बजार पुर्ण रुपमा बन्द छन् । यातायातका साधन पनि चलेको
छैन् । सदरमुकामबाट चल्ने र बाहिरबाट आउने कुनै पनि सबारी साधन चलेका छैनन् ।

मंगलवार प्रहरीले एक ट्रक चामल बल प्रयोग गरी पक्राउ गरेको बिरोधमा तौलिहवा
उद्योग वाणिज्य संघले बुधबार बन्दकोे आव्हान गरको हो ।

प्रहरीले कपिलवस्तु नगरपालिका-७ बरदहवाबाट लु १ ख ६३१६ नंम्वरको ट्रकमा रहेको ५२
क्वीन्टल चामल अबैध रुपमा भन्सार छलेर ल्याएको भन्दै पक्राउ गरेको आरोप उद्योग
वाणिज्य संघले लगाएको छ । संघले आबश्यक कागज सहित जिल्लाको रंगपुर गाबिस स्थित सरजु
गल्ला भण्डार पान नं. ३००३५८४९६ बाट चामल खरिद गरि उत्तम गल्ला भण्डार बुटवल लैजाने
गरेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख उपरीक्षक धिरु बस्नेतको सरुबा र पक्राउ गरेको चामल फिर्ता
नभए सम्म बन्द जारी रहने उद्योग वाणिज्य संघका अध्यक्ष संतोष कसौधनले बताए ।
त्यस्तै संघका अध्यक्षको नेतृत्बमा ब्यापारीहरुको एक समुहले प्रमुख जिल्ला अधिकारी
डा. कमलेश्बर सिन्हालाई ज्ञापनपत्र दिदै प्रहरी प्रमुखको तत्काल सरुबा हुनु पर्ने
माग राखेका छन् ।