
– अबधेशकुमार झा
इनरुवा – सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाब भइरहेको छ ।
दि्उँसो सवा तीनवजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर प्रति सेकेन्ड एकलाख ९५
हजार चारसय ८० क्युसेकका दरले पानीको वहाब रहेको छ ।
कोसी ब्यारेजस्थित प्रहरी चौकीका प्रहरी नायव निरीक्षक शम्भु बस्नेतले दिएको
जानकारी अनुसार पानीको उक्त वहाब यसवर्ष अहिले सम्मकै उच्च हो । पानीको बहाब बढदै
गएपछि कोसी ब्यारेजका २७ वटा ढोकाहरु खोलिएको छ ।
बुधबारको बहाब ०६५ साल भदौ २ गते कोसीको पुर्वी तटबन्ध सुनसरीको पश्चिम कुसहामा
भत्किदाको दिन भन्दा २८ हजार क्युसेकले बढी हो । पुर्वी तटबन्ध पश्चिम कुसहामा
भत्किदाको दिन कोसीमा एकलाख ६७ हजार क्युसेकका दरले प्रति सेकेन्ड पानीको बहाब भएको
थियो ।
पानीको बहाब बढ्दै गएपछि कोसी ब्यारेजको पश्चिम मोहडामा रातो झण्डाका साथै रातो
बत्ती वालिएको छ । कोसी ब्यारेजवाट पानीको बहाब एकलाख ५० हजार क्युसेक नाघ्ने
बितिकै पश्चिम ब्यारेज पुलको पश्चिम क्षेत्रमा खतराको सुचक भन्दै रातो झण्डा
गाड्नुका साथै रातो बती बाल्ने गरिन्छ ।



