आन्तरिक शक्ती संघर्ष चर्किएको माओवादीभित्र रस्साकस्सी जारी

आन्तरिक शक्ति बाँडफाँटका लागि झण्डै एक महिनादेखि मोर्चाबन्दी
गरेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध कस्सिएका एकीकृत माओवादीका बरिष्ठ
नेताहरु बिहिबार पनि सहमतिमा पुग्न सकेनन्।

आफुहरु सहमतिको नजिक पुगेको औपचारिक प्रतिक्रिया माओवादी नेताहरुले दिएपनि
प्रचण्डले संसदीय दलको नेता छोड्न नचाहेको बरु उनले औपचारिक र अनौपचारिक गरि गुट
उपगुटका छुट्टा छुट्टै हुने गरेका भेलाबारे प्रश्न उठाएको बताइएको छ।

स्थायी समिति बैठक घन्टौंसम्म बसे पनि ठोस निर्णय लिन नसकेपछि केन्द्रीय समितिको
बैठक पुगेका माओवादी अध्यक्ष प्रचण्डले संक्षिप्त संबोधन गरेपछि केन्द्रीय समितिको
बैठक शुक्रबार बस्नेगरी टुंगिएको थियो।

कार्यविभाजन र कार्ययोजनामा कुरा अड्केको र त्यो शीर्ष तहका नेताले मात्र मिलाउन
सक्ने भएकाले बिहिबार साँझ र शुक्रबार विहान बाह्र बजेभन्दा अगाडि शीर्ष नेताहरुबीच
छलफल जारी रहने बताइएको छ।

स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले भने,