दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन, सार्कस्तरीय गृहमन्त्रीहरु भुटानको राजधानी थिम्पुमा

दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन, सार्कस्तरीय गृहमन्त्रीहरुको बैठक आजदेखि
भुटानको राजधानी थिम्पुमा हुँदैछ । एक दिने कार्यक्रममा नेपालका गृहमन्त्री
कृष्णबहादुर महरा भने सहभागी हुनु भएको छैन ।

बैठकमा नेपालका तर्फबाट गृहसचिव
लीलामणि पौडेल नेतृत्वको सात सदस्यीय कर्मचारी टोलीले सहभागिता जनाएको छ । उपप्रधान
तथा गृहमन्त्री महराले अन्तिम समयमा आएर पार्टी बैठक तथा सरकारबाट जुनसुकै बेला
फिर्ता हुनसक्ने कारण देखाउँदै भ्रमण स्थगन गरेपछि गृहसचिव पौडेल नेतृत्वको टोली
भुटान गएको हो ।

 

बैठकमा सार्क क्षेत्रका मुलुकहरुको सुरक्षा अवस्था, इन्टरनेशनल कल
बाइपास भिओआइपी र सीमापार क्षेत्रमा हुने आपराधीक गतिविधि नियन्त्रण लगायतका विषयमा
छलफल हुने बताइएको छ ।