प्रमुख प्रतिपक्षी कांग्रेसव्दारा शान्ति र संविधान निर्माणलाई उपेक्षा गरी दुई दलबीच आलोपालो सरकारमा रहिरहने षडयन्त्र भएको ठहर

– कुलचन्द्र न्यौपाने

काठमाडौ  – शान्ति र संविधान निर्माणलाई उपेक्षा गरी दुई
दलबीच आलोपालो सरकारमा रहिरहने षडयन्त्र भएको ठहर गर्दै प्रधानमन्त्री झलनाथ खनालको
राजीनामा दिन बाध्य पार्ने प्रमुख प्रतिपक्षी कांग्रेसले निर्णय लिएको छ । मधेशी मोर्चालगायत दललाई सघाउन
कांग्रेसले आव्हान गरेको छ ।

कांग्रेस संसदीय दलको आईतबार सिंहदरबारमा बसेको बैठकले पाँच बूँदे सहमति
कार्यन्वयन गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको र त्यसका लागि
प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय गरेको हो ।

राजीनामा दिने सहमतिमा हस्ताक्षर गरिसकेका प्रधानमन्त्रीले मन्त्रिमण्डल
पुर्नगठन गर्न लागेकोमा कांग्रेसले चर्को आलोचना गरेको छ । कांग्रेसले मन्त्रिमण्डल
विस्तारलाई खनाल नेतृत्वको सरकारको आयु लम्बाउन खोजिएको रुपमा लिंदै त्यसले
राष्ट्रिय सहमतिको वातवरण समेत विगार्ने बताएको छ ।

माओवादीबाट सरकारमा सामेल मन्त्रीहरुको हेरफेर गर्दै प्रधानमन्त्री खनालले
सोमबारनै मन्त्रिमण्डल पुर्नगठन गर्दैछन् ।