अध्यक्ष झलनाथ खनालले पार्टीभित्र निषेधको राजनीति गरेको एमाले केपी ओलीको आरोप

काभ्रेपलान्चोक  – नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले आफ्नै पार्टी नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले पार्टीभित्र निषेधको राजनीति गरेको आरोप लगाएका छन्। धुलिखेलमा भइरहेको पार्टीको भेलाकै क्रममा आज उनले पत्रकार सम्मेलन गरी पार्टी एकीकरणका नाममा पार्टी अध्यक्षले पार्टी फुटाउन खोजेको, पार्टीमा हैकमवाद र निरङ्कुशता लाद्न खोजेको बताए।

उनले नेकपा (एमाले) को आठौं महाधिवेशनले अध्यक्षलाई सम्पूर्ण जिम्मेवारी नदिएको र पार्टी बहुपदीय लोकतान्त्रिक सामूहिक नेतृत्वको आधारमा चल्नुपर्ने थियो भन्दै अध्यक्ष खनालले हाल आएर पार्टीलाई एकढिक्का बनाउनुको साटो कसैको इशारामा पार्टी चलाउन खोजेको आरोप लगाए।- रासस