बालुवाटारमा प्रधानमन्त्री झलनाथ खनाल माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गर्दै । तस्विरः प्रधानमन्त्रीको निजी सचिवालय
काठमाडौ – जेठ १४ पछाडि दलहरुबीच सहमतिको
राजनीति अगाडि बढेकाले मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई पनि त्यही अनुसार
बढाउनुपर्ने प्रधानमन्त्री झलनाथ खनालले बताएका छन् ।
माओवादीले सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फेरबदल गर्ने निर्णय गरेपछि
प्रधानमन्त्री खनाल असन्तुष्ट देखिएका छन् । उनले पाँच बुँदे सहमति कार्यान्वयन
गर्ने दवाब बढीरहेको बेला मन्त्रिमण्डल पुनर्गठनले राम्रो सन्देश नदिने बताएका छन्
। बालुवाटारमा सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा खनालले
सहमतिको राजनीति अगाडि बढेकाले मन्त्रिपरिषद्को पुनर्गठन पनि त्यससंग जोडिएको बताए
।
दाहालले आफ्नो पार्टीको केन्द्रीय समितिले गरेको निर्णय बारे
प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । माओवादीले केही पुरानालाई यथावत राख्दै १२
क्याविनेट र १२ राज्य मन्त्रीको नाम सिफारिस गरेको छ । प्रधानमन्त्रीले विपक्षी
दलसहित तीन दलका नेता बसेर शान्ति,संविधान र सहमतिका विषयलाई टुंग्याउनुपर्नेमा जोड
दिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । शान्ति,संविधान र सहमतिका लागि बल
पुर्याउनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो थापाले भने । पाँच बुँदे सहमति
कार्यान्वयनका विषयमा खनालले दाहालसंग छलफल गरेका थिए । यसैबीच अपरान्ह ३ बजे
प्रमुख तीन दलका नेतहरुबीच बैठक बस्ने सम्भावना रहेको थापाले बताए ।



