प्रधानमन्त्रीले राजीनामा दिनुको साटो मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको भन्दै कांग्रेसद्वारा संसद् अवरुद्ध

काठमाडौं – प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले राजीनामा दिनुको साटो मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको भन्दै अवरोध गरेपछि संसद् बैठक सोमबार स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै कांग्रेस संसदीय दलका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिन छाडेर पाँच बुँदे सहमतिविपरीत मन्त्री थप्न खोजेको भन्दै आपत्ति जनाए ।

घिमिरेले तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रसस्त गर्न आग्रह गरे ।

अन्तरविरोधका कारण माओवादीले सरकारमा नयाँ मन्त्री पठाउने निर्णय गरेको छ । उसले तीन मन्त्री र तीन राज्यमन्त्रीबाहेक सवैलाई फिर्ता बोलाएर नयाँ समूह पठाएको छ ।