काठमाडौ – सुडान घोटाला काण्डमा भ्रष्टाचारको आरोप लागेका
बिचौलीय ठेकेदार शम्भू भारतीलाई बिशेष अदालतले न्यायिक हिरासतमा पठाएको छ ।
उनको बयान पछि बहस नसिकएकाले उनलाई हिरासतमा पठाएको हो । यसअघि पूर्व आइजीपी
ओमबिक्रम राणालाई पनि बहस नसकिंदा आइतवार न्यायिक हिरासतमा पठाएको थियो । उनी
सोमबार बहस सकिएपछि अदालतले १५ करोड रुपैयाँ धरौटी राख्न आदेश दिएपछि बुझाउन नसक्दा
मंगलबार पनि जेलमै छन् ।
नेपाली सेना र प्रहरीका लागि हतियार लगायत बन्दोबस्तीमा सामाग्रही आपुर्ती गर्ने
बिचौलीय ठेकेदार भारतीलाई सुडानमा प्रहरीका लागि एपीसीलगायतका सामग्री खरिद गर्दा
भ्रष्टाचार गरेको आरोप लागेको छ ।
उनले बेलायतस्थित स्मार्ट रिक्स नामक कम्पनीको स्थानीय एजेण्ट बनेर प्रहरीलाई
कामै नलाग्ने सामाग्री खरिद गराएका थिए ।
करवव ४४ करोडको सामग्री खरिद गर्दा झण्डै २९ करोड भ्रष्टाचार भएको ठहर अख्तियार
दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । उक्त रकम भ्रष्टचार गरेको अभियोगमा ३४ जना
बहालवाल र पूर्व प्रहरी अधिकारीसहित दुई जना ठेकेदार मध्ये एक जना भारती र अर्का एक
जना स्मार्ट रिस्कका अधिकारीलाई समेत बिपक्षी बनाएर बिशेष अदालतमा मुद्दा दायर
गरिएको छ । भ्रष्टचारको मुद्दामा यसरी गैरसरकारी ब्यक्ति ठेकेदार तानिएको संभवत यो
पहिलो पटक हुनुपर्छ ।



