काठमाडौ – नेपाली कांग्रेसले प्रधानमन्त्री झलनाथ खनालको राजीनामा माग गर्दै लगातार तेस्रो दिन पनि व्यवस्थापिका संसद चल्न दिएन । प्रमुख विपक्षीले
विरोध जनाएपछि सभामुखले संसद स्थगित गरे ।
संसद सुरु हुनासाथ कांग्रेसका सभासदहरु आफू बसेको स्थानमा उभिएका थिए । सदनमा
कांग्रेस नेता विमलेन्द्र निधीले प्रधानमन्त्रीले राजीनामा नदिएर राष्ट्रिय सहमतिको
सरकार निर्माणको मार्गमा बाधा पुर्याएको बताए । उनले प्रधानमन्त्रीको राजीनामा
नआएसम्म बैठक चलाउनुको कुनै औचित्य नहुने उल्लेख गरे । कांग्रेसले प्रधानमन्त्रीको
राजीनामा लाई प्राथमिकताका साथ उठाउन सुरु गरेको छ ।
समयमा बजेट आएपनि लगातार सदन अवरुद्ध हुन थालेपछि बजेटमाथिको छलफल हुन सकेको छैन
। बिहीबार अपरान्ह ३ बजे संसद बैठक बोलाइएको छ ।



