काठमाडौं – विशेष अदालतले सुडान घोटालामा विचौलिया शम्भू भारती र तीन
प्रहरी अधिकृतलाई बिहीबार न्यायिक हिरासतमा राखिएको छ ।
भारतीको बयान नै सकिएकै छैन । बयान नसकिएपछि भारती तीन दिनदेखि न्यायिक हिरासतमा
छन् ।
थुनछेक आदेश बाँकी रहेकाले निलम्बित एसएसपी शिव लामिछाने, एसपी निरजबहादुर शाही
र पूर्व एआईजी श्यामसिंह थापालाई पनि हिरासतमै पठाइएको रजिष्ट्रार धीरबहादुर चन्दले
जानकारी दिए ।
यसैबीच एसपी सञ्जय सिंह बस्नेत र डीआईजी रमेशविक्रम शाह भने धरौटी बुझाएर रिहा
भएका छन् । बस्नेत ४० लाख र शाह ७० लाख धरौटी बुझाएर रिहा भएका हुन् ।
तर १५ करोड रुपैयाँ धरौटी तोकिएका पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा र १
करोड २५ लाख रुपैयाँ धरौटी तोकिएका रविप्रताप राणा भने रकम जोहो गर्न नसकेपछि
हिरासतमै छन् ।



