
एकीकृत नेकपा माओवादीले प्रस्ताव गरेका नयाँ मन्त्रीहरुलाई
मन्त्रिपरिषदमा सामेल गराउने प्रधानमन्त्री झलनाथ खनालको प्रयासलाई उनको दल नेकपा
एमालेको स्थायी समितिले पुन: अस्वीकार गरिदिएको छ।
त्यसअघि बिहिबारै प्रधानमन्त्री खनाल र माओवादी अध्यक्षबीच मन्त्रिपरिषदमा
माओवादीका केही सदस्यहरु सामेल गराउनेबारे सहमति भएको चर्चा चलेको थियो।

तर सत्ताधारी एमालेको स्थायी समितिले त्यसो गर्न नहुने आफ्नो पुरानो अडान
नछोडेपछि माओवादीका तर्फबाट मन्त्रीहरुको नयाँ टोलीलाई सरकारमा सामेल गराउने
प्रस्ताव अनिश्चित भएको हो।
प्रस्तावित मन्त्रीहरुको नयाँ टोलीलाई तत्काल सपथ ग्रहण गराउन माओवादीको दबाब
खेपिरहेका प्रधानमन्त्री खनाललाई बिहिबारै बसेको उनको आफ्नै दल एमालेको स्थायी
समितिको वैठकले साथ दिएन।

त्यसबारे एमाले सचिव युवराज ज्ञावालीले भने,




