– कृष्ण खनाल
बुटवल १३ साउन- उच्च् मावि तहमा शिक्षण गर्नको लागीसम्बन्धीत विषयमा अनिवार्य स्नाकोत्तर गर्नु पर्ने शिक्षा नियमावलीमा उल्लेख भए पनी रुपन्देहीमा उल्लंघन भएको छ ।
आम संचार तथा पत्रकारीता विषय अध्यापन गराउने उच्च माध्यमिक विद्यालयहरुले अन्य विषयमा स्नातकोत्तरलाई नै अध्यापनका लागि खटाएका छन् ।
रुपन्देहीमा ७ वटा क्याम्पसहरु पशुपति उच्च मावि कोटिहवा क्यान्न उच्च मावि बुटवल अस्फोर्ड कलेज बुटवल न्युलाईट कलेज संकरनगर न्यु ईन्भारमेन्ट उच्च मावि मणिग्राम कालिका उच्च मावि बुटवल सुनगाभा उच्च मावि मुर्गिया ले आम संाचार तथा पत्रकारीता विषय अध्यापन गराउदै आएको भए २ वटा उच्च मावि कालिका उमावि र अक्स्फोर्ड उमाविले मात्रै आमसाचार र पत्रकारितामा स्नातकोत्तर प्रँध्यापक नियुक्त गरेका छन् । अरु ५ वटा उच्च माविले आम संाचार तथा पत्रकारीतामा स्नाकोत्तर नगरेका प्राध्यापकहरुबाट अध्यापन गराउदै आएका छन । सम्बन्धीत क्षेत्रमा दक्ष जनशक्तीको अभावको कारण देखाउदै यस क्षेत्रमा संाचार माध्ययममा काम गरेको अनुभवका आधारमा तथा अन्य विषयमा स्नातकोत्तर गरेका प्राध्यापकहरुले आम संाचार तथा पत्रकारीता प्रध्यापन गराउदै आएका छन ।
पत्रकारिता अध्यापन गर्दे आएका रुपन्देही पक्लीहवामा रहेको सुनगाभा उच्च माविका प्राचार्य टोपलाल भट्टराईले सम्बन्धीत क्षेत्रमा दक्षता हासिल गरेको जनशक्तिको अभावको कारण अरु विषय प्राध्यापकले अध्यापन गराउदै आएको बताए । सुनगाभामा अङग्रेजी विषयमा स्नातकोत्तर गरेका ऋषिराम न्यौपाने क्यान्न उच्च मावि मा इन्दिरा अर्याल न्युलाईट उच्च मा वि डिल्ली नारायण पाण्डेले न्यु ईन्भारमेन्ट उच्च माविमा कविता शर्मा ले पत्रकारीता विषय प्रध्यापन गर्दे आएका छन । न्यु ईन्भाइरनमेन्ट उच्च मावि मणीग्रामकी शिक्षिका कविता शर्मा ले आफुले नेपाली विषयमा स्नोकोत्तर गरेको र केही महिना तालिम लिएको आधारमा प्रध्यापन गर्दै आएको बताईन ।
उच्च माध्यमिक विद्यालय संघ नेपाल हिसान रुपन्देहीका अध्यक्ष दामोदर भुषालले उच्च मावि तहका कुनै पनी बिषयमा प्रध्यापन गराउनको लागी सम्बन्धीत क्षेत्रमा स्नोकोत्तर नगरेको व्यक्तिले अध्यापन गराउन नपाईने नियम भएको जनाकारी दिए । उनले भने – कुनै पनी संकायको जुन सुकै विषय प्रध्यापन गर्नको लागी सम्बन्धीत विषयमा स्नाकोत्तर गर्न गरेका शिक्षक राख्नु पर्दछ यदि त्यसो नभएमा नियम विपरीत हो । विगत २ बर्ष आम संचार तथा पत्रकारीता विषयमा स्नाकोत्तर गरी कालिका उच्च मावि र आस्फोर्ड उच्च मावि अध्यापन गराउदै आएकी मिनाक्षी न्यौपने ले आफुले प्रध्यापन गराउने क्याम्पस बाहेक रुपन्देहीका अन्य क्याम्पसहरुले आमसंचारमा स्नाकोत्तर नगरेका शिक्षकहरुबाट अध्यापन गराउदै आएको बताईन ।
यसरी विद्यार्थीहरुको रोजाई बन्दै गएको आम संचार तथा पत्रकारीता प्रध्यापनका लागी सम्बन्धीत क्षेत्रमा स्नाकोत्तर नगरेका शिक्षकहरुले लामो समय यता प्रध्यापन गराईरहदा सरोकारबाला भने मौन रहेको छ ।