
काठमाडौं – राज्यपुर्नसंरचनाको अघि नयाँ
नगरपालिका गठनको औचित्य बारे संसदको विकास समितिले स्थानिय विकास मन्त्रालयसंग लिखित जानकारी मागेको छ ।
समितिको सोमबार बसेको बैठकमा कांग्रेस र मधेशी दलका सभासद्हरुले
राज्यपुर्नसंरचना अघि सरकारले हतारमा नगरपालिका घोषणा गरेको भन्दै असन्तुष्टि
जनाएका थिए । सरकारले बजेट भाषणासंगै विभिन्न जिल्लाका सदरमुकाम र अन्य शहर उन्मुख
क्षेत्रलाई नगरपालिका घोषणा गरेको थियो ।

‘किन र के आधारमा नगरपालिका घोषणा गरिएको हो, स्थानिय विकास मन्त्रालयसंग लिखित
जानकारी मागेका छौ,’ समितिका सभापति जितेन्द्र सोनालले भने- ‘हामी
छलफलको प्रक्रियामा छौ । मन्त्रालयबाट जानकारी प्राप्त भएपछि निस्कर्षमा पुग्ने छौ
।’
उनका अनुसार समितिमा रहेका कांग्रेस र मधशवादी दलका अधिकांश सभासद्हरुले
नगरपालिका घोषणाको विरोध गरेका थिए । ‘यो नयाँ जनगणनाको परिणाम आउनु अघि हतारमा
गरिएको छ,’ उनले भने- ‘संविधानसभाको राज्यपुर्नसंरचना समितिले नगरपालिका निर्धारणको
क्षेत्र प्रदेशलाई दिने प्रस्ताव गरेको सन्दर्भमा सरकारले अहिलेनै निर्णय गर्नु
आवश्यक थिएन ।’ स्थानिय विकास मन्त्रालयले एक दश अघि देखिनै नयाँ नगरपालिका गठनको
संभाब्यता अध्ययन गरेको थियो ।





