काठमाडौं – एक महिनामा शान्ति र संविधानसँगै राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्दै त्यसको नेतृत्व बाबुराम भट्टराईले गर्ने माओवादी नेता तथा भैतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले ठोकुवा गरेका छन्।
त्यस्तो भए शान्ति र संविधान निर्माणको कार्य पनि सहज बन्ने दाबी उनले गरे। सहमति गर्ने तीन दल माओवादी, कङ्ग्रेस र एमालेले नै पाँच बुँदे सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै पाँच बुँदे सहमति कार्यान्वयन गरेर निकास निकाल्नुपर्नेमा पनि उनले जोड दिए। उनले राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै सहमतिका लागि प्रधान मन्त्रीले पहिला नै राजिनामा दिएर मार्ग प्रशस्त गर्दा पनि हुने बताए। रिपोर्टर्स क्लबमा उनले भने



