काठमाडौं – संवैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिका
संयोजक माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार उपसमितिको प्रगति विवरण पेश गरेका
छन् ।
संवैधानिक समितिको सोमबार बिहान झण्डै एक महिनापछि बसेको बैठकमा दाहालले असार ३०
पछि संविधानका विवादित विषयमा भएको प्रगतिबारे सभासदहरुलाई जानकारी गराएका हुन् ।
यसैबीच बैठकमा बोल्ने सभासदहरुले संविधान निर्माणका विषयमा प्रमुख दलका
नेताहरुले देखाएको उदासिनाप्रति आपत्ति प्रकट गरे । उनीहरुले यहि परिस्थितिमा भदौ
१४ सम्ममा संविधानको पहिलो मस्यौदा जारी गर्न कठीन हुने बताए ।
बैठकमा बोल्ने १० सभासद्ले सहमति गरेर अगाडि बढ्न शीर्ष नेताहरुलाई बुझाव दिएका
छन् । संवैधानिक समितिको अर्को बैठक बुधबार बस्नेछ ।
यसैबीच विवाद समाधान उपसमितिको बैठक भने मंगलबार बोलाइएको छ ।



