विराटनगर – पार्टी अध्यक्ष एवं
प्रधानमन्त्री झलनाथ खनालले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कारबाही हुनुपर्ने
धारणा एमाले नेता प्रदीप नेपालले राखेका छन् ।
सुनसरीको इटहरीमा मंगलबार प्रेस चौतारीले आयोजना गरेको भेटमा बोल्दै उनले यस्तो
बताएका हुन् ।
खनाल नेकपा एमालेको अध्यक्ष भएको तर, माओवादीकोमात्र प्रधानमन्त्री भएको आरोप
समेत नेपालले लगाए । पार्टी स्थायी समितिको बैठक बहिष्कार गरेर माओवादीका
मन्त्रीहरुलाई सपथग्रहण गराउनुले पार्टीको सिद्धान्त र नीतिविरुद्ध अनुशासन उल्लंघन
भएको नेपाले बताए ।
ठूला राजनीतिक दलका नेताहरु आत्मकेन्द्रीत र सत्ता लिप्सामा लागेकाले नेपाली
जनताले नयाँ संविधान नपाउने अवस्था आएको टिप्पणी उनले गरे । ठूला दलका नेताहरु
संविधान बनाउन नभइ जागीरका लागि संविधानसभा गइरहेकाले जनताले दुःख पाउने गरी
किस्ता- किस्तामा संविधानसभाको म्याद थप्ने गरिएको नेपालले उल्लेख गरे ।



