प्रधानमन्त्रीले पाँचबुँदे सहमति अनुसार राजीनामा दिन छाडेर गरेको मन्त्रीमण्डल पुर्नगठन गरेकोमा मधेसवादी दलहरुले आपत्ति

काठमाडौ  – प्रधानमन्त्री झलनाथ खनालले पाँचबुँदे सहमति अनुसार राजीनामा दिन छाडेर गरेको मन्त्रीमण्डल पुर्नगठन गरेकोमा मधेसवादी दलहरुले आपत्ति जनाएका
छन् । उनीहरुले प्रधानमन्त्रीको पछिल्लो कदम राजनीतिक धर्म र आचारण विपरित रहेको
आरोप लगाएका छन् ।

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका सहअध्यक्ष राजकिशोर यादवले काम चलाउ
हैसियतमा पुगेको सरकारले पुर्नगठन गरेर प्रधानमन्त्रीले दलहरुबीचको अविश्वासको खाडल
बनाउने काम गरेको आरोप लगाए ।

राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्ने भन्ने प्रतिबद्धता समेटी पाँचबुँदे
सहमतिलाई प्रधानमन्त्रीले वेवस्ता गरेको स्पष्ट भएको उनको भनाइ थियो । उनले भने,
प्रचण्डजीको व्याक्तिगत सहयोगमा प्रधानमन्त्री बनेका खनालले उनको ऋण चुक्ता गर्ने
बाहेक अरु केही गर्न खोजे जस्तो देखिएन ।’

सदभावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पाँचबुँदे सहमति कार्यान्यवनमा गंम्भीर
नभइ माओवादीको आन्तिरिक कलह साम्य पार्न मात्रै गरिएको मन्त्रीमण्डल पुर्नगठनले
समस्या सुल्झाउने नभइ झन बल्झने बताए । शान्ति, संविधान र मधेसका मुद्दामा पनि
सरकार उदासिन भएको उनको आरोप थियो ।