नयाँ मन्त्रीको सपथ ग्रहण सरकारको आयु लम्व्याउने खेल: ज्ञवाली

– कृष्ण खनाल

वुटवल १७ साउन  । नेकपा एमालेका पोलीटव्युरो सदस्य प्रदिप ज्ञवालीले प्रधानमन्त्री झलनाथ खनालले पार्टीको निणर्य विपरीत नयाँ मन्त्रीलाई सपथ ग्रहण गराउनु सरकारको आयु लम्व्याउने खेल भएको वताएका छन् ।

काम चलाउनुको हैसीएतमा रहेको सरकारले पार्टीको स्थायी कमीटी वैठककको निर्णय विपरीत नयाँ मन्त्रीको सपथ ग्रहण गराएर प्रधानमन्त्री खनालले प्रजातान्त्रक मुल्य र मान्यताको उपहास गरेको वताए ।

मगंलवार वुटवलमा पत्रकारहरु सगँ सक्षीप्त कराकानी गर्दै पोलीट व्युरो सदस्य ज्ञवालीले उक्त कुरामा जोड दिएका हुन । उनले २१ गते वस्ने केन्दीय कमिटीको वैठकले पार्टीको निर्णय उर्लङघन गर्ने माथी कठोर निणर्य लिन सक्ने समेत सकेत गरे । स्थायी कमिट वैठकले नयाँ मन्त्रिको वैठकले नयाँ मन्त्रिको सपथ ग्रहण रोक्ने र ५ वुदे सहमति विगीने खालका कुनै पनि काम नगर्ने निर्णय गरेको दावि गर्दै पुर्व मन्त्री समेत रहेका ज्ञवालीले २ज्ञ गतेको वैठकले वर्तमान सरकारको औचीत्य समाप्त भएको निर्णय लिन समेत सक्नेमा जोड दिए ।

सामान्य अवस्थामा भएमा मनत्रीमण्डल विस्तार प्रधान मन्त्रीको विशेष अधिकार र क्षेत्रभित्र पर्ने भएपनि हाल मुलुकको अन्यन्तै असामान्य रहेको अववस्थामा र पार्टीको निणर्य विपरीत काम गर्नु अत्यन्तै गम्भीर भुल रहेको उनको भनाई छ । कृष्णवहादुर महरा उपप्रधान तथा गृहमन्त्री भएका कारण सान्ती प्रकृया अगाडी नवढेको र उनको ठाउँमा नारायाण काजी श्रेष्ठ आउदासान्ती प्रकृया अगाडी वढ्ने के आधार छ  भन्दै एमाले नेता ज्ञवालीले होईन भने मन्त्री मण्डल विस्तारको के औचीत्य छ भनी प्रश्न गरे । एकिकृत नेकपा माओवादी सान्ती प्रकृया निष्कर्षमा पर् याउन नचाहेको दावी गदै ज्ञवालीले सान्ती प्रकृया अगाडी वढाउन तर्फ एउटा मात्रै विश्वसनिय कदम चाले माओवादकै नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार वन्ने आधार तय हुने दावि समेत गरे ।

माओवादी लडाकु र हतीयार व्यवस्थापन नगरीकनै चुनावमा जादाँको परीणाम राजनितीक दलहरुले भोगीसकेको स्मरण गराउदै एमाले नेता ज्ञवालीले माओवादी लडाकु र हतीयारको व्यवस्थापन नभए सम्म नयाँ सविधान जारी हुन नसक्ने जिकीर समेत गरे ।

 

आगामी साउन २८ गते सम्म सान्ती प्रकृया अगाडी वढ्ने कुनै आधार नभएको वताउदै उनले सान्ती प्रकृया विथोलीय त्यसवाट उत्पन्न हुने परिणामले  माआृवादीलाईनै वढि असर पर्ने दावि समेत गरे ।