राष्ट्रपति रामवरण यादवद्धारा तीन दलका शीर्ष नेताहरुसँग भेट

काठमाडौं  –   प्रधानमन्त्रीले साउन २८ गतेभित्र शान्ति प्रक्रिया ठोसरुपमा अघि नबढे राजीनामा दिने घोषणा पछि बुधबार राष्ट्रपति रामवरण यादवले तीन दलका शीर्ष नेताहरुसँग भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ८ बजेदेखि झण्डै डेड घण्टा भएको भेटमा शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

भेटमा प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया र संविधान निर्माणका लागि विभिन्न आधारहरु सुझाएका थिए । उनले साउन २८ गतेभित्र शान्ति प्रक्रिया ठोसरुपमा अघि नबढे त्यसका बाधकको छन् जनतालाई चिनाउँदै राजीनामा दिने दोहोर्‍याए ।

प्रधानमन्त्री खनालले दलहरुका लागि अहिले पनि समय पर्याप्त रहेको उल्लेख गर्दै सरकारको नेतृत्वका लागि चक्रिय प्रणालीमा सहमति गर्न सकिने बताएको उनको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिए । 

कांग्रेस सभापति सुशील कोइरालाले समयसीमा नै तोकेर प्रधानमन्त्रीले शान्ति प्रक्रिया र संविधान निर्माण अघि बढाउने प्रतिबद्धताको स्वागत गरे ।