नेपालमा रहेका दुईवटा हिमनदी सुके: अनुसन्धान


 

नेपालमा रहेका दुईवटा हिमनदी हाल अलपत्र अवस्थामा पुगेका छन्। विगत दश वर्षकै अवधिमा ती दुई हिमनदीहरू सुकेका हुन्। पहिलेका दशकहरूमा यति छिटो हिमनदी सुक्ने कार्य देखिएको थिएन। मूलतः तापक्रममा भएको वृद्धि तथा स्वच्छ हिउँको आपूर्ति हुन नसक्नु नै हिमनदी सुक्नुको मुख्य कारण रहेको कुरा जापानको नागोया विश्वविद्यालयको एक अनुसन्धानले जनाएको छ। 

 

 उक्त अनुसन्धानका अनुसार, लामटाङ हिमालमा पर्ने याला हिमनदी तथा खुम्बु क्षेत्रको सोरोङ हिमालमा पर्ने ए एक्स 010 हिमनदी सन् 2000 सम्म प्रतिवर्ष 0.8 मिटरको दरले घट्ने क्रम जारी रहेको थियो।तर तिनै हिमनदीहरू सन् 1970 तथा 1990 तिर भने क्रमशः 0.68 तथा 0.72 मिटर मात्र घटेका थिए। हाल ती दुबै हिमनदीहरू सुकेकै अवस्थामा रहेको दुईजना जापानी विद्यार्थीको शोधमा उल्लेख छ।